close

दुधौली नगरपालिकालाई मारुती सिमेन्टको एम्बुलेन्स 

दुधौली नगरपालिकालाई मारुती सिमेन्टको एम्बुलेन्स 

Trulli
ADVERTISEMENT

उदयपुर–मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १४ अरुण ठाकुरलाई एम्बुलेन्स उपलब्ध गराएको छ । नगर आसपासका स्थानीयलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कम्पनीका सञ्चालक तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले नगरप्रमुख घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे ।

 

एम्बुलेन्स पाएपछि वडाध्यक्ष लीलबहादुर थापा मगरलाई चाँबी वडाको जिम्मा लगाउँदै नगरप्रमुख राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिए पनि विकट १४ नम्बर वडालाई कम्पनीले सहयोग गरेकामा धन्यवाद दिए । सिमेन्टका लागि ककुरठाकुरबाट १७ वर्षदेखि ओम शिवम् मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिहेको छ । 


त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले विभिन्न सहयोग गरिरहेको छ । वडाध्यक्ष थापा मगरले कम्पनीले पूर्वाधार विकास, विद्युुत्लगायत तटबन्ध, बाँध लगाउनेदेखि स्थानीयलाई रोजगार दिइरहेको बताए । हाल ३० स्थानीयले गाउँमै रोजगारी पाइरहेका छन् ।

 

एम्बुलेन्सका लागि आवश्यक ईसिजी मनिटर र अक्सिजन सिलिन्डरलगायत १ लाख रुपैयाँ बढीको सहयोग कम्पनीले पुनः थप गर्ने सञ्चालक राउतले प्रतिबद्धता जनाए । सरकारबाट राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा नम्बर १४ का अलावा आसपासका स्थानीयले सेवा लिन सक्नेछन् ।