close

 जेठ ४ मा स्थानीय तहको निर्वाचन 

 जेठ ४ मा स्थानीय तहको निर्वाचन 

Trulli
ADVERTISEMENT

काठमाडौँ — सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा  गर्ने भएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति जुटेको हो।

 

 प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूसहित  आयोगका पदाधिकारीसँग स्थानीय निर्वाचन सम्बन्धमा छलफल गरेका थिए ।  आयोगका पदाधिकारीले जेठ ४ मै निर्वाचन गर्न सकिने परामर्श दिएका थिए ।