close

नेपाली फुटबल टिमलाई खेलमन्त्रीको बधाइ 

नेपाली फुटबल टिमलाई खेलमन्त्रीको बधाइ 

Trulli
ADVERTISEMENT

काठमाडौं–युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई बधाइ दिएका छन् । मौरिसससँगको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री गहतराजले बधाइ दिएका हुन् । दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल विजयी भएको थियो । मौरिसससँग पहिलो पटक भएका दुवै मैत्रीपूर्ण खेल हेर्न मन्त्री गहतराज रंगशाला पुगेका थिए ।

 

रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेरेका मन्त्री गहतराजले नेपाली खेलाडीको खेलबाट प्रभावित भएको प्रतिक्रिया दिए । उनले नेपाली खेलाडीले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी व्यक्त गरे । मन्त्री गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरे । पहिलो पटक मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मौरिससको टिमलाई मन्त्रीले धन्यवाद दिए ।