close

२ लाख घुससहित पक्राउ परे वडा सदस्य

२ लाख घुससहित पक्राउ परे वडा सदस्य

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगर वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

 


महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमिव्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिन घुस मागेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।

 

आयोगको अनुसन्धानबाट महर्जनले घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम २ लाख रुपैयाँ बिगो कायम गरी सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।