close

मधेसमा हावाहुरीले ३ को मृत्यु 

मधेसमा हावाहुरीले ३ को मृत्यु 

Trulli
ADVERTISEMENT

जनकपुरधाम–शुक्रबार आएको हावाहुरी कारण मधेस प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।  हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी  एक महिला रहेकी छन् ।    


धनुषाको सबैला नगरपालिका  १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको मधेश प्रदेश प्रहरीले जनाएको छ । हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । दुवै विद्यार्थीको रुख ढलेर टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको उनले बताए ।


त्यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा हावा हुरीका कारण इँटाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।