close

दैलेखको महाबु पालिकाका हजार दिने आमालाई पोषणयुक्त खाना 

दैलेखको महाबु पालिकाका हजार दिने आमालाई पोषणयुक्त खाना 

Trulli
ADVERTISEMENT

दैलेख– दैलेखको महाबु गाउँपालिकाले पालिकाभित्रका सबै वडामा रहेका हजार दिने आमालाई पोषणयुक्त खानेकुरा वितरण सुरु गरेको छ ।  बिहीबार गाउँपालिकाको वडा नम्बर ५ का ५० जना हजार दिने आमालाई पोषणयुक्त खानेकुरा दाल, तेल, गेडागुडी, नुनलगायत खाद्यान्न वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालीले जानकारी दिए ।

 

पालिकाका ६ वटै वडाका विपन्न, अपांगता तथा असहायलाई प्राथमिकतामा राखेर प्रत्येक वडामा ५० जना हजार दिने आमा छनोट गरी पोषणयुक्त खानेकुरा वितरण गरिनेछ ।

 

महाबु गाउँपालिका स्वास्थ्य शाखा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पालिकाभित्रका सबै वडाका हजार दिने आमालाई पोषणयुक्त खानेकुरा वितरण सुरु गरिएको उनले बताए ।