close

हराभरा बनाइँदै विष्णुमती किनार

हराभरा बनाइँदै विष्णुमती किनार

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार महानगर प्रमुख शाक्यले पार्कको शिलान्यास गरेका हुन् ।


२ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो । कार्यक्रममा शाक्यले प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा बिग्रिँदै गएको उल्लेख गरे । ‘सहर बिग्रियो, त्यसको अपजस कसलाई दिने ? राम्रा काम जति भने मैले गरेको भनेर दाबी गर्ने गरिन्छ,’ उनले भने ।

 


महानगरको नेतृत्व सम्हालेदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिबद्ध भएर काम गरिरहेको उनले दाबी गरे । ‘अब हामी नदीमा असला माछा पाउने गरी काम गर्छौं’, वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले भने, ‘असला माछा हुनलाई शुद्ध पानी चाहिन्छ । हामी समुदाय र सरोकारवालासँग मिलेर विष्णुमती नदीलाई वडाको विम्बका रूपमा विकास गर्न चाहन्छौँ ।’

 

पूर्वमन्त्री सुशीलकुमार श्रेष्ठले खुसिबु टाउन प्लानिङ सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजना राम्रो भएको बताए ।