close

मनाङमा रोकियो खोप अभियान

मनाङमा रोकियो खोप अभियान

Trulli
ADVERTISEMENT

कास्की–मनाङमा हिमपातका कारण कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ ।  हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।

 

मनाङमा कोभिड–१९ विरुद्धको बुस्टर खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिसिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

 


मनाङमा कोभिसिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए । आचार्यका अनुसार प्राथमिकतामा पर्नेसँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो ।

 

नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबै काठमाडौं, पोखरा, बेँसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ । मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो ।

 


०७७ माघमा १८ वर्षमाथिका उमेर समूहका मनाङबासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । मनाङमा १ हजार बढीले बुस्टर खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

 

मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना छन् । 

 

चामे र नासोंमा बुस्टर खोप लगाइसकेका छन् भने माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा २० माघबाट सुरु गर्ने भनिए पनि हिमपताले प्रभावित भएको हो ।