close

महाशिवरात्रि तयारी मूल समिति गठन

महाशिवरात्रि तयारी मूल समिति गठन

Trulli
ADVERTISEMENT

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारीस्वरूप मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । 

 

मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति गठन गरिएको छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचार–प्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ताचप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।  

 


यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवक परिचालन व्यवस्था र तथ्यांक तथा मूल्यांकन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी सुरु गरिएको उनले जानकारी दिए ।

 

कोषले कोरोनाको तेस्रो लहर सुरु भएसँगै बन्द पशुपतिनाथको मूल मन्दिर महाशिवरात्रिअघि नै खोल्ने तयारी गरेको छ । यो वर्ष १७ फागुनमा महाशिवरात्रि परेको छ । महाशिवरात्रिमा देश–विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।