close

राप्ती पालिकाको घटना व्यवस्थापन तालिम

राप्ती पालिकाको घटना व्यवस्थापन तालिम

Trulli
ADVERTISEMENT

दाङ–दाङको राप्ती गाउँपालिकाको संयोजनमा बालबालिका तथा महिला सहकारीमा आबद्ध महिलालाई घटना व्यवस्थापन तथा आधारभूत सहायता सीपसम्बन्धी तीनदिने अभिमुखीकरण तालिम सुरु भएको छ । ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको आयोजनामा राप्ती पालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिलाई तालिम दिन थालिएको हो । 

 


गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, शिक्षा प्रमुख विश्वास विक उपस्थित कार्यक्रममा घटना व्यवस्थापन तथा आधारभूत सहायता सीपसम्बन्धी तालिम उद्घाटन गरिएको हो । तालिममा जोखिममा परेका तथा सहयोगको आवश्यकता भएका बालबालिका र परिवारको पहिचानपछि तिनलाई आवश्यक सहयोग तथा सेवा प्रत्यक्ष उपलब्ध गराउने र सरोकारवाला निकायमा सिफारिस गर्ने प्रक्रियाबारे जानकारी दिइनेछ ।

 

घटना व्यवस्थापनका लागि समन्वय, सहकार्य तथा अभिलेखीकरण गर्नेबारे प्रशिक्षण दिइने बेसका क्षेत्रीय सचिव पटवारी यादवले बताए ।  तालिममा सहभागीले बाल अधिकार, अवधारणा, विशेष अधिकार, बाल अधिकारसम्बन्धी कानुनी व्यवस्था, बाल अधिकारसम्बन्धी महासन्धिमा भएका व्यवस्था, बाल सहभागिता, बाल संरक्षण, घटना व्यवस्थापन र यसका चरण, विपद् जोखिम तथा व्यवस्थापन, स्थानीय तहमा बाल अधिकार र संरक्षणसम्बन्धी सवाललगायत विषय उठान गरिने संस्थाकी समाज परिचालक चन्द्रकला रोकाको भनाइ छ । 

 


अभिमुखीकरण तालिममा बालबालिकासँग सम्बन्धित विभिन्न समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकायले पूरा गर्नुपर्ने प्रक्रियाबारे सहभागीलाई जानकारी दिइनेछ । बालबालिकाविरुद्ध हुने दुव्र्यवहार, हिंसा, शोषण र अपहेलनालाई तत्काल सम्बोधन गर्ने विषयको तालिम उपलब्धिमूलक हुने संस्थाकी समाज परिचालक खगिसरा खड्काले बताइन् ।