close

देवघाटको २ नम्बर वडाले बनायो आफ्नै भवन 

देवघाटको २ नम्बर वडाले बनायो आफ्नै भवन 

Trulli
ADVERTISEMENT

तनहुँ–तनहुँको देवघाट गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा वडा नम्बर २ को वडा भवन निर्माण गरिएको छ । जिससको ४० लाख र गाउँपालिकाको ४० लाख गरी कुल ८० लाख रुपैयाँ लागतमा वडा भवन निर्माण गरिएको हो ।  स्थानीय रामचन्द्र थापाले करिब ८ लाख रुपैयाँ मूल्य बराबरको ४ रोपनी जग्गा दान गरेपछि भवन निर्माण गरिएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए ।

 


स्थानीय समाजसेवी जमिनदार थापाले वडा भवन निर्माणका लागि जग्गा दान गरेपछि भवन निर्माणपछि सेवाग्राहीलाई सेवा प्रवाहमा सहज भएको उनले बताए । वडा कार्यालयसम्म विद्युत् सेवा नपुगेकाले सोलार जडान गरी कार्यालयको कामकाज सञ्चालन गरिँदै आएको छ । विद्युत्को पहुँच वडा कार्यालयसम्म पुग्न करिब एक किलोमिटर दूरी बाँकी छ । 

 

साविकको कोटा गाविसका वडा नम्बर ४, ५, ६ र ७ साविकको बैदी गाविसको वडा नम्बर ४, ५, ६, ७, ८, ९ वडा गरी १० वटा दुर्गम वडा गाभेर हालको देवघाट वडा नम्बर २ बनाइएको हो । गाउँपालिकाका वडामध्ये २ नम्बर वडा दुर्गममा पर्दछ । वडा कार्यालयसम्म सडकको पहुँच पुगे पनि विद्युत् पहुँच पुग्न करिब १ किलोमिटर दूरी छ ।