close

नाग्म–गमगढी सडक : घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य 

नाग्म–गमगढी सडक : घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य 

Trulli
ADVERTISEMENT

जुम्ला–नेपालगज्ज, सुर्खेत, कालीकोट, जुम्ला कर्णाली राजमार्ग अन्र्तगतको नाग्म गमगढी सडक हुँदै मुगुको रारा ताल पुगिन्छ । ०६२ मा कर्णाली राजमार्ग ट्रयाक खोलिएको हो । कर्णाली राजमार्ग ट्रयाक खोलेको केही वर्षपछि नाग्म–गमगढी ट्रयाक खोलिए पनि १५ वर्षसम्म यो सडक कालोपत्रे हुन सकेको छैन । 

 


कालोपत्रे नहँुदा सडकमा यात्रा गर्ने पर्यटकदेखि नागरिकले दुःख पाउँदै आएका छन् । पर्यटक यही राजमार्ग हुँदै आउजाउ गर्छन् भने भने सडकको स्तरवृद्धि नहुँदा वर्षौदेखि नागरिकले सास्ती भोगिरहेका छन् । यो सडक अहिले पनि घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । सडककै कारण यहाँ उत्पादित स्याउ, ओखर, फलपूmल, कृषिबाली निर्यात गर्न कठिनाइ भइरहेको स्थानीय खाम्बा शाहीले बताए ।

 

५२ किमि ग्राभेल 

कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी राजमार्गको ५२ किलोमिटर ग्राभेल भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रमा ग्राभेल अगाडि बढाएपछि करिब ५२ किमि ग्राभेलको काम सकिएको हो । डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटर लम्बाइ सडकको स्तरवृद्धिका लागि काम भइरहेको जानकारी दिए ।

 

जुम्ला र कालीकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिका क्षेत्रमा सांसद बहादुरसिंह लामाको कम्पनीको ठेक्कामार्mत अहिले काम भइरहेको छ । सो क्षेत्रमा ५ वर्षदेखि बाँकी ६ किलोमिटर सडकको काम हुन सकेको थिएन । अहिले स्थानीय निर्माण व्यवसायी बलिबहादुर शाहीले निर्माण गरिरहेका छन् । अब यो काम अन्तिम टुंगो लाग्दै छ । 

 


उक्त राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल भइसकेको र अन्य काम अगाडि बढाइँदै छ । सो क्षेत्रमा अप्ठेरो स्थान निर्माणका लागि काम अगाडि बढाइएको छ । मुगुको गमगढीबाट ताल्चासम्मको सडक कंक्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडक कार्यालयले बताएको छ ।

 

१० पुल निर्माण सम्झौता 

नाग्म–गमगढी अर्थात् रारा–सिंजा राजमार्गका विभिन्न क्षेत्रमा १० वटा पुल बन्ने भएका छन् । इन्जिनियर भण्डारीका अनुसार सडक विभागको पुल महाशाखाअन्तर्गत नाग्म, बाजागाडासहित विभिन्न खोलामा १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौतासमेत अगाडि बढेको छ ।  

 

नाग्म–गमगढी राजमार्गकोे २० किलोमिटर क्षेत्र कालोपत्रे हुने भएको छ । डिभिजन सडक कार्यालयका अनुसार सरकारको यो वर्षको बजेट योजनामा २० किलोमिटर क्षेत्रमा कालोपत्रे गरिने उल्लेख छ । यो वर्ष सो योजनालाई प्रथामिकता दिइने कार्यालय कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘कालोपत्रेका लागि अर्थ मन्त्रालयमा स्वीकृति मागिएको छ ।’