close

इटहरी उपमहानगरमा बाल सञ्जाल संरक्षण छलफल

इटहरी उपमहानगरमा बाल सञ्जाल संरक्षण छलफल

Trulli
ADVERTISEMENT

सुनसरी–भ्वाइस अफ चिल्ड्रेन सुनसरीले सेभ द चिल्ड्रेनको सहयोग र इटहरी उप–महानगरको समन्वयमा विपद्मा बाल संरक्षण गने विषयमा छलफ कार्यक्रम आयोजना गरिएको छ । विभिन्न क्षेत्रसँगको समन्वयका लागि बाल क्लब तथा बाल सञ्जालको भूमिका विषयक कार्यशाला सम्पन्न भएको हो ।

 

कार्यशालामा नगर बाल सञ्जाल इटहरीका पवनकुमार विष्टले विपद्को समय सञ्जालले गरेका कार्यसहित हालसम्म भएका विवरण प्रस्तुत गरेका थिए । इटहरी उप–महानगरका सामाजिक विकास अधिकृत सुशीला कार्कीले नगरले विपद्को समय बालबालिकाका लागि गरेका कार्यबारे प्रस्तुतीकरण गरेकी थिइन् ।

 

कार्यक्रममा सहभागी बालबालिकाले नगरले गरेका कार्यबारे जिज्ञासा राखेका थिए । नगरले बाल संरक्षणमा हातेमालो गरेर काम गरिरहेको उनीहरूले बताए । बाल संरक्षणमा २२ वर्षदेखि कार्यरत संस्था भ्वाइस अफ चिल्ड्रेनले सुनसरीलगायत प्रदेश १ भरि कार्यक्रम गरिरहेको सुनसरीका संयोजक भरत थापाले बताए । 

 


कार्यक्रममा विपद्को समय अन्य संघ–संस्थासँगको सहकार्य आवश्यक भएको र त्यसका लागि उपमहानगर एवं बाल सञ्जालले समन्वय आवश्यक रहेको सुझाव सहभागीले सुझाव दिएको भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले बताए । विशेषगरी बाढीपहिरो, डुबान, शितलहर, आगलागी, चट्याङ आदिजस्ता कारणले बालबालिका बढी प्रभावित हुने गरेको छलफलमा जानकारी दिइयो । यस्तो बेला उनीहरू नै दुव्र्यवहार, शोषण, हिंसा, बेचबिखन, ओसारपसार आदिको जोखिममा पर्ने गरेका छन् ।