close

विपन्नका घर बनाउँदै कर्णाली सरकार

विपन्नका घर बनाउँदै कर्णाली सरकार

Trulli
ADVERTISEMENT

सुर्खेत–कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताए ।

 


उनका अनुसार त्यसका लागि सरकारले ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । ५ करोड रुपैयाँमा करिब १०० घर निर्माण गर्ने लक्ष्य लिइएको छ । प्रदेशका हिमाली जिल्लामा ५ लाख र अन्य जिल्लाका हकमा ४ लाख रुपैयाँ लागतमा खर्च गरिने कार्यविधि रहेको मन्त्री विष्टले जानकारी दिए । ‘संघ सरकारका पनि केही कार्यक्रम सञ्चालन भइरहेका छन् । जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई प्राथमिकता दिइएको छ,’ मन्त्री विष्टले भने, ‘विपन्न आवास कार्यक्रमबाट सबै विपन्न नागरिकको आवास निर्माण गरिनेछ ।’

 

स्थानीय सरकारको सिफारिसका आधारमा पारदर्शी प्रक्रिया अपनाई लक्षित परिवार छनोट गरिने मन्त्री विष्टको भनाइ छ । मन्त्रिपरिषद् बैठकले बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।