close

वडाध्यक्षको निधनमा भेरीगंगामा सार्वजनिक बिदा

वडाध्यक्षको निधनमा भेरीगंगामा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

सुर्खेत–सुर्खेतको भेरीगंगा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडा नम्बर १ का वडाध्यक्ष नवराज कार्कीको शोकमा सार्वजनिक बिदा दिइएको हो । 

 

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिका, वडा कार्यालयसँगै नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।’ 

 

नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले ८ फागुनमा ठक्कर दिएको थियो । वडाध्यक्ष कार्कीको शुक्रबार राती काठमाडौंको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।