close

प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र उद्घाटन

प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र उद्घाटन

Trulli
ADVERTISEMENT

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश स्तरीय स्वास्थ्य कार्यालय उद्घाटन गरेको छ ।   सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री लालबहादुर खड्काले स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय उद्घाटन गरे । उनले प्रदेश सरकारले स्वास्थ्य, शिक्षालाई जनस्तरसम्म पुर्‍याउन प्रयास गरिरहेको बताए ।

 


चालू वर्षलाई सरकारले स्वास्थ्य सुधार वर्षका रूपमा अघि बढाएको बताउँदै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा धेरै कोणबाट सुधार भइरहेको दाबी उनको छ । ‘कोरोना महामारी नियन्त्रण एवं व्यवस्थापनमा सुदूरपश्चिम अग्रस्थानमा आउन सफल भयो’, उनले भने, ‘सीमानाकामै कोरोना जाँचदेखि खोपसम्मको व्यवस्थापनमा सफल भयौँ ।’