close

कालोपत्रे हुँदै हडिया बजार

कालोपत्रे हुँदै हडिया बजार

Trulli
ADVERTISEMENT

उदयपुर–चौदण्डीगढी नगरपालिकामा नगर क्षेत्रभित्र सडकलाई कालोपत्रे तथा स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।  नगरको वडा नम्बर १० र ९ मा पर्ने हडिया बजार क्षेत्रमा चौदण्डीगढी नगरपालिकाले सडक कालोपत्रे तथा स्तरोन्नतिलाई तीव्रता दिएको हो ।

 

नगरले वडा नम्बर १० स्थित देवधारदेखि वडा कार्यालय हुँदै वडा नम्बर ९ को शुक्रबारे मिल क्षेत्रसम्म सडक स्तरोउन्नतिको काम नगरप्रमुख खगेन्द्र राईले शिल्यान्यास गरे । नगरले वडा नम्बर ९ को सिमाना मर्लाह खोलादेखि १० नम्बर वडा कार्यालय हुँदै फत्तेपुर–गाईघाट सडक जोड्ने बाटो कालोपत्रे गर्ने भएको छ ।

 

उक्त बाटो कालोपत्रे र स्तरोन्नति गर्न चौदण्डीगढी नगरपालिकाले समपूरक बजेटमार्फत निर्माण सुरु गरेको हो । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १० स्थित देवधारदेखि वडा कार्यालय हुँदै वडा नम्बर ९ को शुक्रबारे मिल क्षेत्रसम्म सडक स्तरोन्नतिका लागी नगरले विनियोजन गरेको रकमबाट ५६ लाख ५ हजार १५ रुपैयाँमा बेल्टारे निर्माण सेवाले कालोपत्रे र स्तरोन्नतिको जिम्मेवारी पाएको छ । 

 

बेल्टारे निर्माण सेवाका सञ्चालक डिल्ली खड्काका अनुसार उक्त रकमबाट ९ सय ६२ मिटर कालोपत्रे र र ४१७ मिटर बाटो ग्राभेल गरिनेछ ।  नगरले हडिया बजार क्षेत्रको अधेरी जाने बाटोको उकालोबाट बजार हुँदै वडा नम्बर ९ को बीपी चोकसम्म कालोपत्रे गरिरहेको छ ।