close

रूपन्देहीमा थपिए ९५ हजार मतदाता 

रूपन्देहीमा थपिए ९५ हजार मतदाता 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीमा ६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता रहेको निर्वाचन कार्यालय रूपन्देहीले जनाएको छ । जिल्लाका स्थानीय तहमा टोली खटाएर, जिल्ला निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालयमार्फत संकलन गरिएको मतदाता नामावली संकलनमा ९८ हजार बढी थपिएका मतदाता गरी जिल्लामा हाल मतदाताको संख्या ६ लाख ३४ हजार पुगेको निर्वाचन कार्यालय बताएको छ ।

 

 

२९ वैशाख ०७९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदान प्रक्रियामा भाग लिन पाउने भएकाले यो संख्या सोही मितिसम्म १८ वर्ष पूरा भएको मतदाताको मात्र भएको कार्यालयको भनाइ छ । अहिले सार्वजनिक मतदाताको संख्या केही कम हुने जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले बताए ।

 


यसअघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीको कुल मतदाता संख्या ५ लाख ३७ हजार १ सय २१, २ सय ८ मतदान स्थलमा ६ सय १० वटा मतदान केन्द्र रहेकामा हाल मतदान स्थल र मतदान केन्द्रसमेत बढेको भण्डारीले जानकारी दिए ।

 

हाल जिल्लामा २ सय ८ मतदान स्थलमा ७ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ । कार्यालयले भैरहवामा अन्तत्र्रिmया आयोजना गरी हाल सार्वजनिक भएको मतदाताको विषयमा दाबी विरोधको प्रक्रिया अगाडि बढाएको छ । २० देखि २६ फागुनसम्म सार्वजनिक भएको मतदाता नामावलीउपर दाबी विरोध गर्न सकिने र यसरी दाबी विरोधपछि आउने मतदाता संख्या नै अन्तिम मतदाता नामावली हुने उनले बताए ।

 


दाबी विरोधको कार्यक्रमअनुसार १८ फागुनमा कार्यालयले सबै स्थानीय तहलाई मतदाता नामावली उपलब्ध गराउने र स्थानीय तहहरूले त्यसलाई १९ फागुनमा प्रत्येक वडामा टाँस गर्नुपर्नेछ । वडाका स्थानीय पञ्जाधिकारीले प्राप्त मतदाता नामावलीमध्ये मृत्यु भएका, बसाइँसराइ भएका, विवाह गरी अन्यत्र गएकालगायत मतदाताको नाम हटाउनेछन् ।

 

सोही अवधिमा मतदाताले आफ्नो विवरणमा त्रुटि भए त्यसलाई सच्याउने, कुनै मतदाताप्रति उजुरी गर्नुपर्ने भए दाबी विरोध गर्न सक्नेछन् । मतदाता नामावलीमा दाबी विरोधका लागि सहयोग गरिदिन निर्वाचन कार्यालयले सबै जनप्रतिनिधि एवं राजनीतिक दललाई आग्रह गरेको छ । सो अवधिमा मतदातालाई वडा कार्यालयमा पुगेर आफ्नो विवरण हेर्न र केही त्रुटि रहे सच्याउन आह्वान गरेको छ ।

 


रूपन्देहीमा सबैभन्दा बढी मतदाता बुटवल उपमहानगरको वडा नम्बर ११ मा १६ हजार २ सय ४८ जना रहेका छन् । लुम्बिनी वाणिज्य क्याम्पस मतदान स्थल रहेको उक्त वडामा १६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । यस्तै, जिल्लामा सबैभन्दा कम मतदाता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा ९ सय १३ जना रहेका छन् । भैरहवा उच्च मावि मतदान स्थल रहेको सो वडाका लागि १ वटा मतदान केन्द्र तोकिएको छ । सरदर १ हजार मतदाताको लागि १ वटा मतदान केन्द्र तोकिएको भण्डारीको भनाइ छ ।

 


मतदाता परिचयपत्र हराएका मतदातालाई २० फागुनसम्म सम्बन्धित वडा कार्यालयको सिफारिस र नागरिकता लिएर निर्वाचन कार्यालयमा आई परिचयपत्रको प्रतिलिपि लिन सकिने कार्यालयले बताएको छ ।  जिल्ला निर्वाचन अधिकारी भण्डारीका अनुसार मतदानको दिन स्पष्ट फोटो देखिने नागरिकता वा अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।

 


जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न अन्तत्र्रिmयामा बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, मायादेवी गाउँपालिका अध्यक्ष धुवनारायण चौधरी, शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरीलगायत जिल्लाका बिभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।