close

तिलाका ३२० गर्भवती आमासँग स्वास्थ्य संवाद

तिलाका ३२० गर्भवती आमासँग स्वास्थ्य संवाद

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको तिला गाउँपालिकाभित्रका ३२० गर्भवती आमासँग पोषण र स्वास्थ्य सरसफाइका विषयमा छलफल थालिएको छ । गर्भावस्था संवेदनशील हुने हुँदा गर्भवतीले आप्mनो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । शारीरिक मात्र नभई मानसिक स्वास्थ्यको समेत विशेष ख्याल गर्न आग्रह गर्दै पालिकाले गर्भवती आमासँग अन्तत्र्रिmया कार्यक्रम थालेको हो ।

 

 

गर्भ रहेपछिको अवस्थादेखि उचित खानपान, जीवनशैली र सोच आवश्यक हुने हुँदा गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रममार्फत छलफल थालिएको हो । यो अवस्थामा गर्भवतीले मात्र होइन,  श्रीमान् र घरपरिवारले राम्रो वातावरण बनाइदिनुपर्ने बुझाउन अन्तत्र्रिmया गरिएको पालिका अध्यक्ष रतननाथ योगीले बताए ।

 

उनले भने, ‘कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने, के गर्ने÷नगर्नेजस्ता चेतनाबारे जानकरी दिन पालिकाले महिलामुखी कार्यक्रम ल्याएको छ । गर्भावस्थामा आमाले स्वास्थ्यमा ध्यान नदिँदा धेरै बालबालिकामा कुपोषण देखिने हुँदा पालिकालाई कुपोषणमुक्त बनाउने योजना छ ।’ 

 

गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले गर्भावस्थामा कुनै पनि भार नउठाउन र ताजा र पौस्टिक खानेकुरा खान सुझाइन् ‘यसबाट बच्चालाई पूर्ण रूपमा पोषण मिलोस् । स्थानीय स्तरमा उत्पादित सागपात, दूध, माछा–मासु, गेडागुडी झोलिलो पदार्थ खुवाउनुपर्छ,’ उनले भनिन् । उपाध्यक्ष बुढाका अनुसार पहिलो चरणमा पोषिलो खानेकुरा, फिल्टर र पोषण झोलालगायत सामग्री वितरण गरिएको छ ।

 


स्वास्थ्यकर्मी नेत्र खत्रीले दिनमा कम्तीमा ६–७ गिलास पानी पिउन गर्भवती आमालाई आग्रह गरे । गर्भावस्थाको समय आफूखुसी कुनै पनि औषधी सेवन नगर्न, खानेकुरामा प्रोटिन, क्यालसियम कार्बोहाइडे«ट, ताजा फलफूल खानुपर्ने सुझाव उनले दिए । यसले गर्भवती आमाको पेटभित्र रहेको बच्चा परिपक्व हुन मद्दत पुग्ने उनको भनाइ छ । 


‘आमाले खानपानमा ध्यान दिए बच्चा स्वतः स्वस्थ हुन्छ’, स्वास्थ्यकर्मी खत्रीले भने, ‘२१ वर्ष उमेर पुगेर महिलाले गर्भधारण गरे आमाबच्चा दुवै स्वस्थ हुन सक्छन् ।’ पालिकाभरि ३२० महिला गर्भवती आमा रहेको पोषण सहजकर्ता जसुकला रावतले बताइन् । 

 

वडा नम्बर ४ की मायादेवी सुनारले सरकारले सञ्चालन गरिरहेको गर्भवती महिला लक्षित कार्यक्रम महत्त्वपूर्ण भएको बताइन् । पालिकाले उपाध्यक्ष बुढा र स्वास्थ्यकर्मीसहितको टोली खटाएर गाउँपालिकाभित्रका ९ वटा वडाका ३१ गाउँ बस्तीमा रहेका गर्भवती आमासँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएको छ ।