close

निर्माण व्यवसायी महासंघ अध्यक्षमा सिंह निर्वाचित

निर्माण व्यवसायी महासंघ अध्यक्षमा सिंह निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प्रतिस्पर्धी थिए । सिंहले ७६५ मत पाउँदा पाण्डेले ३३७ र कोइरालाले ३२ मत प्राप्त गरे ।

 

महासंघको वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् भने लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा प्रकाशबहादुर सेठी निर्विरोध चयन भए । महासचविमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी भए ।