close

स्थानीय तह निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न रोक

स्थानीय तह निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न रोक

Trulli
ADVERTISEMENT

काठमाडौं–निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न नपाइने बताएको छ । चुनावका विषयमा गरिने मत सर्वेक्षण मतदान सकिएपछि सार्वजनिक गर्ने सामान्य प्रचलन भए पनि आयोगले यस पटक मतगणना नसकिएसम्म त्यस्तो सर्वेक्षण सार्वजनिक गर्न रोक लगाएको हो ।

 

बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता ०७८ को ४ नम्बर बुँदामा लेखिएको छ, ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेद्वार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइने छैन ।’