close

स्थानीय तह निर्वाचन तालिका सार्वजनिक

स्थानीय तह निर्वाचन तालिका सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आउँदो ३० वैशाख शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । 

 

तालिकाअनुसार ११–१२ वैशाखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, जाँचबुझलगायत प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ । 

 

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ वैशाखमा फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । 

 

१७ वैशाखमा चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम तय गरिएको छ ।