close

वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै

वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै

Trulli
ADVERTISEMENT

सुर्खेत–सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिका र भू–संरक्षण विभागबीच द्विपक्षीय सम्झौता भएको छ । सहरी वन विकास कार्यक्रमअन्तर्गत प्रदेश राजधानीसमेत रहेको नगरपालिकालाई हरित नगरपालिकाको रूपमा विकास गरिने वीरेन्द्रनगर नगरपालिकाले बताएको छ । 

 

हरित नगरको रूपमा विकास गर्न नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैयाँ रकमसहितको सम्झौता भएको नगरपालिका प्रमुख देवकुमार सुवेदीले बताए । 

 

नगरपालिकालाई हरित नगर बनाउन सडक किनारमा वृक्षारोपण गरिनेछ । बिरुवा रोप्न सुरु गरिएको नगरप्रमुख सुवेदीको भनाइ छ । बिरुवाको प्रजाति र गुणस्तर एवं वृक्षारोपण कार्य डिभिजन वन कार्यालय वा सब–डिभिजन वन कार्यालयका वन प्राविधिकको समन्वयमा गरिनेछ ।

 

वृक्षारोपण स्थल, वृक्षारोपण गरिएका बिरुवा एवं वाटिकाको आगामी वर्षमा संरक्षण, स्याहारसुसार नगरपालिकाले गर्नेछ । नगरप्रमुख सुवेदीले भने, ‘निर्माण भइरहेका सबै सडक छेउमा गुलमोहर, तेजपत्तालगायत जातका बिरुवा रोपिनेछ । यसले वीरेन्द्रनगरको सौन्दर्यलाई थप उजिल्याउनेछ ।’