close

प्रत्येक जिल्लाको फरक फरक मतपत्रको डिजाईन गर्दै निर्वाचन आयोग

प्रत्येक जिल्लाको फरक फरक मतपत्रको डिजाईन गर्दै निर्वाचन आयोग

Trulli
ADVERTISEMENT

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको तयार भएको छ ।

 

प्रत्येक जिल्लामा फकर फरक डिजाईनमा मतपत्र तयार गरिएको हो । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन शनिबारको बैठकबाट स्वीकृत गरेको छ ।

 

राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो । आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो ।