close

चितवनमा भीषण आगलागी, ५ घन्टापछि नियन्त्रणमा

६ वटा पसल कवलमा क्षति

चितवनमा भीषण आगलागी, ५ घन्टापछि नियन्त्रणमा

६ वटा पसल कवलमा क्षति

Trulli
ADVERTISEMENT

चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा हिजोदेखि लागेको आगो बिहीबार बिहान ७ बजे मात्र पूर्णनियन्त्रणमा आएको छ ।

 

बिहीबार बिहान २ बजेदेखि नियन्त्रणको प्रयास गरिए पनि चार वटा दमकलको सहयोगमा बिहान ७ बजे मात्रै आगलागी नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

 

भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर नष्ट भएका छन् । विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

 

आज बिहान करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो ।

 

त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।