close

नेपालले आजदेखि जिम्बाब्वेसँग तीन एक दिवसीय र तीन टी-२० शृंखला खेल्दै

नेपालले आजदेखि जिम्बाब्वेसँग तीन एक दिवसीय र तीन टी-२० शृंखला खेल्दै

Trulli
ADVERTISEMENT

काठमाडौं ।  विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले शनिबारबाट जिम्बाब्वेको ए टोलीसँग तीन एक दिवसीय र तीन टी–२० शृंखला खेल्दैछ।

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृंखलामा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् । बिहीबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान लामिछानेले घरेलु मैदानमा हुने शृंखलामा सुखद नतिजाका लागि खेल्ने बताएका हुन् ।

 

नेपालमा आयोजना हुन लागेको शृंखलाका लागि जिम्बाब्वेको टोली नेपाल आइसकेको छ भने नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । प्रशिक्षा पुबुदु दशानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीले प्रतिस्पर्धा गर्न लागेको शृंखला अमेरिका टुर अघि अवसर भएको र गुणस्तरीय क्रिकेट खेल्ने मौका भएको बताए ।

 

यस्तै नेपाल भ्रमणका गरेका जिम्बाब्वे टोलीका प्रशिक्षक डौग्लास होन्डुले युवा टोली समेटेर शृंखलामा आएको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए । नेपाल भ्रमणमा आएका खेलाडी राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्ने भन्दै उदाउँदै गरेको नेपालसँग खेल्न पाउँदा खुसी लागेको जिब्बाब्वेका प्रशिक्षक डोग्लास होन्डुले बताए ।

 

प्रशिक्षक होन्डुले भने जस्तै जिम्बावे कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिए । युवा टोली भएका नेपालसँग राम्रो गर्ने विश्वास ब्यक्त गरे।

 

शृंखला वैशाख १७ गते (आज) बाट हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एक दिवसीय शृंखला वैशाख १७ देखि २१ सम्म चल्ने छ भने टी–२० वैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका छ।