close

मन्त्रिपरिषद् बैठक बस्दै, सशस्त्र र नेपाल प्रहरीमा आइजिपी नियुक्तका लागि सिफारिस गर्ने सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, सशस्त्र र नेपाल प्रहरीमा आइजिपी नियुक्तका लागि सिफारिस गर्ने सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

 

प्रधानमन्त्रीले सो बैठक बालुवाटारमा बिहान ११ बजेका लागि बोलाएका हुन् । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ । 

 

न्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेता र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटघाट गरेका छन् । 

 

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीले आजैबाट अनिवार्य अवकाश पाउँदैछन् ।

 

को–को छन् आइजिपीका दाबेदारहरू ?

 

नेपाल प्रहरीबाट आइजिपीमा विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले दाबेदार रहँदा सशस्त्र प्रहरी बलमा भने  राजु अर्याल एकल दाबेदार रहेका छन् ।