close

स्थानीय तह निर्वाचन : आयोगद्वारा फरक–फरक नमुना मतपत्र सार्वजनिक  

स्थानीय तह निर्वाचन : आयोगद्वारा फरक–फरक नमुना मतपत्र सार्वजनिक  

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्र सार्वजनिक गरेको छ ।

 

आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र जिल्लागत रूपमा फरक–फरक नमुना सार्वजनिक गरेको हो । 

 

आयोगद्वारा सार्वजनिक मतपत्रमा सुरुमा राष्ट्रिय दलका चुनाव चिन्ह र त्यसपछि जिल्लामा सक्रिय दल र स्वतन्त्र उम्मेद्वारका चुनाव चिन्ह  क्रमश: राखिएको छ । 

 

त्यसैगरी, निर्वाचन आयोगले चुनाव चिन्ह र मतपत्रको फरक–फरक बनाएको छ । 

तर, आयोगले भक्तपुर र ६ महानगरको नमुना मतपत्र सार्वजनिक गरेको छैन ।