close

स्थापितविरुध्दको विज्ञप्ति फिर्ता लिन ओरेकलाई आयोगको निर्देशन 

स्थापितविरुध्दको विज्ञप्ति फिर्ता लिन ओरेकलाई आयोगको निर्देशन 

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले ओरेक र त्यसअन्तर्गत आबद्ध ४० भन्दा बढी गैरसरकारी संघसंस्थालाई काठमाडौं महानगरपालिका मेयर केशव स्थापितलाई मत नदिन भन्दै निकालेको विज्ञप्ति २४ घन्टाभित्र फिर्ता लिन निर्देशन दिएको छ । 

 

सोमबार बसेको आयोगको बैठकले ओरेक र त्यसअन्तर्गत रहेका ४०गैरसरकारी संस्थालाई यस्तो निर्देशन दिएको हो । 

 

केही दिनअघि भएको एक कार्यक्रममा केशव स्थापितले उनीप्रति यौन दुर्व्यवहारबारे गरेको प्रश्नको उत्तर दिने क्रममा  दिएको अभिव्यक्तिप्रति ओरेक र त्यसअन्तर्गतका ४० भन्दा बढी संघसंस्थाले उनलाई मत नदिन भन्दै विज्ञप्ति निकालेका थिए ।

 

जसलाई आज बसेको आयोगको बैठकले निर्वाचन आचारसंहिताविपरीत भनेको छ । र, सो विज्ञप्ति २४ घन्टाभित्र फिर्ता लिन निर्देशन दिएको छ ।