close

अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको मुद्दाको सुनुवाइ बुधबार हुने  

अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको मुद्दाको सुनुवाइ बुधबार हुने  

Trulli
ADVERTISEMENT

काठमाडौं । वरीयता र कार्यसम्पादनका आधारमा आफूलाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति गरी पाऊ भन्दै अतिरिक्त महानिर्देशक विश्वराज पोखरेलले सर्वोच्चमा दायर रिटमाथिको सुनुवाइ बुधबार हुने भएको छ । 

 

आइतबार सरकारले महानिर्देशक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि वरिष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा आफू अगाडि रहेकाले सिंहलाई सो पदमा गरिएको नियुक्ति गर्नु गैरकानुनी भएको भन्दै पोखरेल सोमबार सर्वोच्च पुगेका थिए । 

 

सरकारले आइतबार उनीभन्दा कनिष्ठ धीरजप्रताप सिंहलाई महानिरीक्षक पदमा नियुक्त गरेपछि पोखरेल सोमबार सर्वोच्चको ढोका ढकढक्याउन पुगेका थिए ।  

 

प्रहरी महानिरीक्षक पदका लागि विश्वराज पोखरेल, धीरजप्रताप सिंह र सहकुलबहादुर थापा सो पदका आकांक्षी थिए ।