close

इन्टरनेट अवरुद्ध नगर्न आग्रह गर्ने निर्वाचन आयोगको निर्णय 

इन्टरनेट अवरुद्ध नगर्न आग्रह गर्ने निर्वाचन आयोगको निर्णय 

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट अवरुद्ध हुँदा नागरिकको हक, अभिव्यक्ति र आयोगकै काम प्रभावित हुने भएकाले सोहीबमोजिम व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको जनाएको  छ । 

 

स्थानीय निर्वाचनलाई लिएर सरकारले इन्टरनेट अवरुद्ध गर्ने हल्ला चलिरहेका बेला आयोगको सोमबार बसेको बैठकले इन्टरनेट व्यवस्थापन गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 

 

इन्टरनेट सेवा बन्द भए निर्वाचन सञ्चालनको असर पर्नसक्ने आयोगको भनाइ छ । 

 

यस्तै, आयोगले उम्मेदवारप्रति गालीगलौज नगर्न र मिथ्या सूचना सम्प्रेषण नगर्न  र  सञ्चारमाध्यमलाई कुनै पक्ष निर्वाचित हुने वा पराजित हुने भनी समाचार र विश्लेषणजन्य सामग्री प्रेषण नगर्न पनि ध्यानाकर्षण गराएको छ ।