close

आईपीएलमा राजस्थानमाथि कोलकाताको जित

आईपीएलमा राजस्थानमाथि कोलकाताको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले चौथो जित निकालेको छ ।


सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताका लागि नितिश रानाले  सर्वाधिक ४८ रन बनाए । यस्तै  रिन्कु सिंहले ४२ रनको योगदान गरे । 


यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले  सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे ।  


जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।