close

बैतडीमा वडासदस्यका उम्मेद्वारमाथि खुकुरी प्रहार

बैतडीमा वडासदस्यका उम्मेद्वारमाथि खुकुरी प्रहार

Trulli
ADVERTISEMENT

काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिका– ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।

 

माओवादीको तर्फबाट वडासदस्यका उम्मेद्वार उठेका साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको बैतडी प्रहरीले जानकारी दिएको छ । 

 

टाउको र शरीरमा गहिरो चोट लागेर गम्भीर घाइते भएका साउदलाई समान्य उपचारपछि धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

 

खुकुरी प्रहार गर्नेहरूको खोजी भइरहेको बैतडी प्रहरीले जानकारी दिएको छ ।