close

अभिनेता भुवन केसी  र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश 

अभिनेता भुवन केसी  र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश 

Trulli
ADVERTISEMENT

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच केसी र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्

 

उनीहरू दुवैलाई नेपाली कांग्रेसका  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाएर  स्वागत गरेका थिए । 

 

पछिल्लो समय कलाकार विभिन्न पार्टी प्रवेश गर्ने क्रम चलेको छ । यसअघि अभिनेत्री करिष्मा मान्नधर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । यस्तै केही वर्षअघि नेकपा एमाले प्रवेश गरेकी कलाकार कोमल वली हाल राष्ट्रिय सभा सदस्य छिन् ।