close

गुजरातमाथि पन्जाबको सानदार जित

गुजरातमाथि पन्जाबको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । पन्जाब किंग्सले मंगलबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ । 

 

टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

 

१० खेल खेलेको पन्जाबको यो पाँचौं जित हो भने गुजरातको दोस्रो हार हो । पन्जाब १० अंकका साथ पाँचौं स्थानमा छ ।  गुजरात हारका बाबजुद १६ अंकका साथ शीर्षस्थानमा छ । १४ अंकको लखनउ सुपर जायन्ट दोस्रो स्थानमा छ ।

 

१४४ रनको लक्ष्य पूरा गर्ने क्रममा शिखर धवनले अविजित ६२, भानुका राजापाक्क्षेले ४० र लिभिङस्टोनले अविजित ३० रन बनाए । धवन र राजापाक्क्षेले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । 

 

गुजरातका मोहम्मद सामी र लोकी फर्गुसनले एक/एक विकेट लिए । आज रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।