close

‘पेटानी’को संरक्षणमा धिमाल महिला

‘पेटानी’को संरक्षणमा धिमाल महिला

Trulli
ADVERTISEMENT

पूर्वीतराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित 'पेटानी' लोप हुँदै गएको छ ।

 

विशेष गरेर धिमाल महिलाको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो । कुनै समय पेटानी लगाउँनैपर्ने धिमाल समुदायको युवतीमा पनि पश्चिमा संस्कृतिले महत्त्व पाउन थालेसँगै पछिल्ला दिनमा आएर आफ्नै समुदायभित्र पनि यसको महत्त्व घट्दै जान थालेको छ । 

संस्कृतिजन्य प्राचीन पहिरन लोप हुँदै गएपछि आफ्नो पहिरनको संरक्षण, सम्बर्द्धनसमेतमा जोड दिँदै आएको पाइएको छ । दमक १० मा पछिल्ला वर्ष त्यहाँका जाँगरिला महिलाले पेटानी संरक्षण गरिआएका छन् । उनिहरुले घरमै घरेलु उद्योगका रुपमा पेटानी तयार गरिआएको सावित्री धिमालले बताइन् ।

 

करिब दुई दशक अघिबाट पेटानी बन्दै आइरहेको र त्यसै सीपलाई आहिले पनि निरन्तरता दिँदैआएको उनले जानकारी दिइन् । धिमाल समुदायमा अहिले पनि पेटानीको माग धेरै रहेको छ । तर पेटानी बुन्न आवश्यक पर्ने कच्चा पदार्थको बजार मूल्य उच्च हुनु र लागत अनुरुप मूल्य नपाउने समस्या नहुँदा यस घरेलु उद्योग व्यवसायीकरण हुन नसकेको उद्यमी जमुना धिमालले बताइन् ।

 

उनका अनुसार एउटा पेटानी तयार गर्न तीन दिनसम्म लाग्ने गरे पनि ती पेटानी बिक्रीका लागि वजारसमेत अभाव भएको र प्रतिथान रु दुई हजारसम्ममा बिक्री गर्न बाध्य छन् । 

 

पेटानीको महत्त्व बुझेपछि विगत एक वर्षदेखि फुर्सदको समयमा पेटानी बुन्न सुरु गरेकी उनले आफ्नै समुदायभित्र पेटानीको बजार राम्रो भएकाले त्यसतर्फ आफू आकर्षित भएको बताउँछिन् । यो समुदायमा शुभकार्य विवाहलगायतका उत्सव तथा पर्वमा पेटानीलाई अनिवार्य जस्तै मान्ने गरिन्छ । दुई वर्षअघि गाउँमै सिकेको सीपबाट अहिले पेटानी बुन्न उत्साह थपिदिएको दमक-१० कै पुष्पामाया धिमाल बताउँछिन् । 

 

झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल जातिका संस्कृतिजन्य पहिरन पेटानीलगायतका वेषभूषाको संरक्षण र सम्बर्द्धन गर्न संस्थागतरुपमा सहयोग पुर्‍याउँदै आएको धिमाल जातीय विकास संस्थाका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले बताए ।