close

एआइजी पोखरेलको रिट न्यायाधीश सुष्मलता माथेमाको इजलासमा

एआइजी पोखरेलको रिट न्यायाधीश सुष्मलता माथेमाको इजलासमा

Trulli
ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले आफूलाई महानिरीक्षक पदमा नियुक्त गर्न भन्दै दायर गरेको रिटको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गर्ने भएको छ । 

 

सरकारले आइतबार वरीयता मिचेर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेपछि पोखरलले कार्यसम्पादन र वरीष्ठताका आधारमा आफूलाई महानिरीक्षक पदमा नियुक्त गर्न भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । 

 

तर, नवनियुक्त महानिरीक्षक सिंहले पदवहाली गरिसकेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले धीरजप्रताप सिंहलाई २९ औँ महानिरीक्षक पदमा नियुक्त गरेपछि कांग्रेसकै एक धारले सरकार विधिको शासनलाई चुनौती दिएको भनी टिप्पणी गर्दै आएको छ ।