close

करिब एक घन्टापछि सामान्य अवस्थामा फर्कियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

करिब एक घन्टापछि सामान्य अवस्थामा फर्कियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य अवस्थामा फर्किएको छ । 

 

अज्ञात व्यक्तिले विमानस्थलको आन्तरिक टर्मिनलमा ६ ठाउँ बम राखिएको भनी फोन गरेपछि असहज परिस्थिति सिर्जना भएको विमानस्थल खोजतलासका क्रममा केही नभेटिएपछि केही बेरअघि सामान्य अवस्थामा फर्किएको हो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सुरक्षा निकायले सर्च अप्रेसन गर्दा केही नभेटिएपछि विमानस्थल सामान्य अवस्थामा फर्किएको जानकारी दिएको छ। 

भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङनामक एप्स प्रयोग गरी फोन गरेको पाइएको प्रहरीको भनाइ छ ।