close

बाबुछोरीको ज्यान जानेगरी भएको दुर्घटनाका फरार कारचालक काठमाडाैंबाट पक्राउ

बाबुछोरीको ज्यान जानेगरी भएको दुर्घटनाका फरार कारचालक काठमाडाैंबाट पक्राउ

Trulli
ADVERTISEMENT

पोखरा । बाबुछोरीको ज्यान जाने गरी कास्की अन्नपूर्ण गाउँपालिका–४ लेवाडेस्थित पोखरा बागलुङ राजमार्गमा भएको सवारी दुर्घटनाका फरार कारचालक काठमाडौंबाट पक्राउ परेका छन् । 

 

कार दुर्घटनापछि परार पर्वतको कुश्मा नगरपालिका–१ बस्ने वर्ष २७ का एन्जिल बम मल्ललाई  प्रहरीले काठमाडाैंबाट पक्राउ गरेको हो । 

 

मल्ललाई अहिले पक्राउ गरी पोखरा ल्याइएको छ । 

 

उनले चलाएको ग.३ च ३५२५ नम्बरको निजी कारले पोखरा आउँदै गरेको ग.१८ प ८१९१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलचालक पर्वत कुश्मा नगरपालिका–४ का ४५ वर्षीय जितबहादुर पुन र उनकी १८ वर्षीय छोरी सबिना पुनको मृत्यु भएको थियो । 

 

दुर्घटनापछि चालक मल्ल भागेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । 

 

तर, प्रहरीले बेवास्था गर्दै आएको प्रहरीले उनीहरूले राजमार्ग अवरुद्ध गरेपछि मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बोलाएर दोषीलाई छिट्टै पक्राउ गरी कारबाही गर्ने विश्वास दिलाएका थिए ।