close

लम्बियो, आइजिपी मुद्दाको सुनुवाइ

लम्बियो, आइजिपी मुद्दाको सुनुवाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । वरिष्ठता र मर्यादाक्रम मिचेर गरिएको आइजिपी नियुक्ति बदर गर्न माग गर्दै परेको रिटको सुनुवाइ लम्बिने भएको छ । 

 

महान्यायाधिवक्ता कार्यालयले आफू पनि यस मुद्दाको सुनुवाइमा सहभागी हुनुपर्छ भनी माग गरेपछि आइजिपी मुद्दाको सुनुवाइ बहस लम्बिने भएको हो । 

 

मन्त्रिपरिषद्को बैठकले वरीयता र कार्यसम्पादन मूल्यांकनलाई बेवास्ता गर्दै धीरजप्रता सिंहलाई आइजिपीमा नियुक्ति गरेपछि अतिरिक्त महानिर्देशक विश्वराज पोखरेलले सरकारले गरेको नियुक्ति खारेज गरी आफूलाई आइजिपीमा नियुक्त गर्न माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए ।