close

यस्तो छ आजको मौसम 

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ। 

 

उक्त प्रभावले देशका केही भू–भागमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा नै रहेको छ।

 

बिहीबार दिउँसो देशका पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थान बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

राति प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।