close

आईपीएलमा चेन्नईविरुद्ध बैंगलोर विजयी

आईपीएलमा चेन्नईविरुद्ध बैंगलोर विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ।

 

पुणेमा भएको खेलमा बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउनसक्यो ।

 

जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ । चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ ।