close

आइजिपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ सुरु

आइजिपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । आइजिपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ सुरु भएको छ । 

 

यसअघि बुधबार हेर्दाहेर्दैमा राखिएको मुद्दा आज (बिहीबार) न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ सुरु भएको हो । 

 

बुधबार महान्यायाधिवक्ता कार्यालयले आफूले पनि आइजिपीको मुद्दाको सुनुवाइमा भाग लिन भन्दै निवेदन दिएको छ ।  

 

वैशाख १९ गते आइतबार सरकारले आइजिपी पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि आइजिपीको रेसमा रहेका विश्वराज पोखरेलले वरिष्ठता र अनुभवका आधारमा आफूलाई आइजिपीमा नियुक्त गर्न परमादेश माग गर्दै सोमबार (२० गते ) सर्वोच्चमा रिट निवेदन दिएका थिए ।