close

अदालतले दिएन अन्तरिम आदेश, महानिरिक्षकमा सिंह कै निरन्तरता

अदालतले दिएन अन्तरिम आदेश, महानिरिक्षकमा सिंह कै निरन्तरता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुध्द परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 

 न्यायाधीश सुष्मालता माथेमाको इजलासले सिंहको बढुवाविरुध्द परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 

अदालतले सरकारसँग लिखित जवाफ भने माग गरेको छ । सर्वोच्चले यो मुद्दाको पूर्ण सुनुवाइको मिति १७ जेठलाई तोकेछ  । यसको अर्थ अब महानिरिक्षक सिंह कै कमाण्डमा नेपाल प्रहरी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खट्ने छ ।

 

अदालतमा पनि सरकारी पक्षले अहिले अन्तरिम आदेश दिए चुनावी सुरक्षामा असर पुग्ने जिकिर गरेका थिए ।  वरियताक्रम मिचेर सिंहलाई आईजीपीमा बढुवा गरिएको भन्दै पहिलो वरियताका एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका हुन् ।