close

'कि हेलिकोप्टर किनिदेऊ, कि त अंगदान गर्न अनुमति देऊ'

महानगरका मेयर उम्मेदवार आमरण अनसनमा

'कि हेलिकोप्टर किनिदेऊ, कि त अंगदान गर्न अनुमति देऊ'

महानगरका मेयर उम्मेदवार आमरण अनसनमा

Trulli
ADVERTISEMENT

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार दीपक सिलवाले हेलिकोप्टर किनिदिन वा आफ्नो अंगदान गर्ने अनुमति दिन माग गर्दै आमरण सुरु गरेका छन् । 

 

सुत्केरी हुने क्रममा गर्भवती महिलाले अकालमै ज्यान गुमाउने गरेकाले उनीहरूलाई बचाउन सरकारले छुट्टै हेलिकोप्टर खरिद गरिदिनुपर्ने वा आफ्नो अंगदानका लागि अनुमति दिन माग गर्दै उनले आमरण अनसनमा बसेका हुन् । 

 

२०७० सालदेखि ‘किनौँ हेली, बचाऔँ चेली’ भन्ने अभियान चलाउँदै आएका उनले आफूले आमाबाबुविहीन बालबालिका, शारीरिक रूपमा अपाङ्गता भएका, दृष्टिविहीन बालबालिकाको रेखदेख गर्न घर आँगन नेपालनामक संस्थामार्फत् पनि काम गर्दै आएको बताए । 

 

सरकारले एउटा हेलिकोप्टर किनिदिने प्रतिबद्धता नजनाएसम्म आफू आमरण अनसनमा बसिरहने उनको भनाइ छ । 

 

पाँच वर्षअघि सिन्धुपाल्चोककको भोटसीमा स्वास्थ्य शिविर गर्ने क्रममा जोखिममा परेकी गर्भवती सन्तमाया तामाङको निजी हेलिकोप्टरबाट उद्धार गरेयता आफूले विभिन्न संघसंस्था तथा व्यक्तिसँग सहयोग जुटाएर  १२ जना महिलाको हेलिकोप्टरबाट उद्धार गरेको बताए । 

 

उनले सरकारसँगको सहकार्यमा ७० गर्भवती महिलाको उद्धार गरेको पनि बताए । 

 

प्रश्रव पीडामा छटपटाएका महिलाका लागि प्रयोग गरेको हेलिकोप्टरको आठ लाख ऋण तिर्न बाँकी रहेको उनले बताए । 

 

डा.स्वामी प्रपन्नाचार्यको सेवक भएर बसेको बताउँदै उनले त्यहीँ कारण आफूमा समाजसेवा भाव आएको बताए । 

 

समाज सेवामा लागेकै कारण आफ्नो अंश पनि सकिएको उनको भनाइ छ । ४० वर्ष पुगिसकेको बताउँदै समाजसेवामा लागेकै कारण आफूले विवाह नगरेको बताए ।