close

आईपीएल क्रिकेटमा हैदराबादमाथि दिल्लीको महत्त्वपूर्ण जित

आईपीएल क्रिकेटमा हैदराबादमाथि दिल्लीको महत्त्वपूर्ण जित

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भयो ।

 

दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो । हैदराबादका निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

 

एडिन मार्क्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । 

 

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनाएको थियो। दिल्लीका डेभिड वार्नर र रोभम्यान पावेलले अर्धशतकीय पारी खेले ।

 

वार्नरले अविजित ९२ रन तथा पावेलले ६७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १/१ विकेट लिए । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ ।