close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेकाे हाे।

उपत्यकाकाे आकाश बदलीले ढाकेकाे छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेकाे छ। दिउँसो प्रदेश १, मधेश, बागमती, गणडकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

राति  पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई  स्थानमा वर्षा हुने ठानिएकाे छ।