close

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

Trulli
ADVERTISEMENT

मोरङ । बेलबारीमा राप्रपाबाट मेयरका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ।

 

गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ । 

 

प्रहरीका अनुसार गए राति २ बजेतिर घटनाको जानकारी आएको थियो। तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

 

प्रहरी नियन्त्रणमा रहेका युवक नेपाली कांग्रेसनिकट रहेको स्थानीय बताउँछन्।