close

आगलागीमा परेर वृद्धको मृत्यु

आगलागीमा परेर वृद्धको मृत्यु

Trulli
ADVERTISEMENT

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा  रैनादेवी छहरा गाउँपालिका ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेका छन् ।

 

उनी आगलागीले नष्ट भएको घरमा एक्लै बस्दै आएका थिए । घरमा रहेका सबै सामान जलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट भएको क्षति विवरण संकलनको काम भइरहेको छ ।