close

यसरी चलाउन पाइन्छ मतदानका दिन सवारी साधन

यसरी चलाउन पाइन्छ मतदानका दिन सवारी साधन

Trulli
ADVERTISEMENT

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन नेपालभर अनुमित बिना सवारी साधन चलाउन नपाइने भएको छ।

 

निर्वाचन आयोगले अनुमति बिनाका सवारी साधन मतदानका दिन चलाउन नदिन सरकारलाई आग्रह समेत गरेको छ।

 

आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ।

 

एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति लिनु नपर्ने आयोगले जनाएको छ।

 

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ।शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ।

 

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ।

 

अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि वासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

 

पत्रकारको हकमा काठमाडौँ उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमति पत्र जारी गर्नेछ।